सर्केगाड उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको नष्ट
काठमाडौं, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ का धनबहादुर रावतको घर जलेको छ ।
हालसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगलागी हुदाँ ५ वटा घरको झ्याल र ढोका फुटाई सामान निकाली थप क्षति हुनबाट बचाृकाृ छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सर्केदेउबाट प्रहरी नायव निरीक्षक सुबिन शाहको कमाण्डमा टोली खटिएको छ । यसले
गर्दा उद्धारमा सहज भएको स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्