कुमारी बैंकको संस्थापक सेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

काठमाडौ,१ असार । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्