ट्रेड टावरको आईपीओ बाँडफाँट, ३ लाख २९ हजार ६५० आवेदकले हात पारे शेयर

काठमाडौं,१ असार । आइतबार, ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्