आज सबै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै

काठमाडौं, १ असार । आज सबै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

आज चार प्रदेशले दिउँसो ३ बजेका लागि प्रदेशसभा बोलाएका छन् । कोशी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सो समयमा बैठक आह्वान गरेका छन् ।

त्यस्तै, मधेश प्रदेशले अपराह्न ४ बजे बैठक बोलाएका छन् । मधेस र गण्डकीले सो समयमा बजेट सार्वजनिक गर्नेछन्

सुदूरपश्चिम प्रदेशले भने बेलुकी ५ बजेका लागि बैठक बोलाएको छ । यसले गर्दा सबै
प्रदेश बजेट ल्याउन केन्द्रीत छ ।

 

प्रतिक्रिया दिनुहोस्