सभामुख र मुख्य सचेतकहरूबिच छलफल

काठमाडौं, १ असार । संघीय संसदको प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ ।

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच छलफल भएको हो ।

संसदमा जेष्ठ १३ देखि विपक्षीदलहरुले बैठक अवरुद्ध र विरोध गर्दै आएकोको मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिकाबनाउने विषयमा छलफल केन्द्रित छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । यसले संसदको गतिविधि अवरद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्