राप्रपा र रास्वपाको अवरोधकैबीच संसद् अघि बढ्दै, गृहमन्त्रीले जवाफ दिदै

काठमाडौं, ३० जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक सुचारु भएको छ। गृहमन्त्री रमेश लेखकले संसदमा आफुमाथि लागेको आरोपको खण्डन गर्दै जवाफ दिएका छन् ।

रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।

सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।

लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन । संसदमा नाराबाजीका बाबुजद संसद अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्