हिमालयन बैंकले एफपीओ जारी गर्न, बोर्डसँग माग्यो अनुमति

काठमाडौं,३० जेष्ठ । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यस एफपीओमा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले रहेको छ ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०:३० कायम गर्ने एफपीओ जारी गर्न लागेको हो । बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति मागेको हो ।

प्रतिक्रिया दिनुहोस्