नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौ,३० जेठ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन इन्स्योरेन्सको ३४.७८ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको अन्तिम मूल्य ७८२ रुपैयाँ ८७ पैसा कायम भएको थियो ।

यसै मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । यस अनुसार इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्