अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित, अरु को को ?

काठमााडौं, २९ जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।

मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।

दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।

त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।

पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

निर्वाचित पदाधिकारीहरूः
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष: अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव: दिपक धामि
उपमहासचिव:  कमल जोशी
सचिव: आकाश घर्ती
सचिव:  रचना सापकोटा
सचिव: समिम बाबु
सचिव: गोपाल नेपाल
आयोग अध्यक्ष: प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

प्रतिक्रिया दिनुहोस्