एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५३ बेलायती नागरिक रहेको पुष्टि
काठमाडौं, २९ जेष्ठ । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । विमानमा १६९ भारतीय नागरिक सवार थिए ।
एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्