नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,२९ जेठ । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ ३० गते बुकक्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० कित्ता साधारण शेयर बराबर नयाँ ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्