प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, ३० जेष्ठ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । संसदको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज दिनको १ बजे बस्ने भएको हो ।

आज बिहीबार बस्ने यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको ७७ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

यसै गरी बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्दैछ । यसले विधेयकहरुका बारेमा गहन छलmपल गर्ने छ ।

बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्