ट्रेड टावर लिमिटेडको आइपीओ असार १ मा बाँडफाँट हुने
काठमाडौं,२८ जेष्ठ । ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार असार १ गते आइतबार ट्रेड टावरको आइपीओ बाँडफाँट हुने मिति तय भएको छ ।
ट्रेड टावरको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्