अभियान लघुवित्तकाले लाभांश वितरण नगर्ने

काठमाडौं,२८ जेठ । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यस वर्ष पनि शेयरधनीको हात खाली हुने भएको हो ।

कम्पनीको आज २८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरि कम्पनीले बोर्डलाई जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्