संसदमा प्रस्तुत हुन साझा धारणा बनाउन विपक्षी दलहरु छलफलमा
काठमाडौं , २८ जेष्ठ । प्रतिनिसभाको बैठक आज बस्दै छ । आजको बैठक पनि सूचारु हुनसक्छ या सक्दैन भन्नने अन्योल छ । बस्नुअघि विपक्षी दलहरु अपसी छलफलमा जुटेका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन्।
संसद खुलाउन सरकार र सरकार पक्षीय दलहरुसँग निरन्तर छलफल हुँदै आए पनि निकास निस्कन सकेको छैन।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। सुरुमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरु पछिल्ला दिनमा जुनसुकै किसिमको छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिए पनि सरकारले यसमा सहमती हुन सकेको छैन ।
सोमबार रास्वपाले सत्ता पक्षीय दललाई संसदको अवरोध खुलाउन पाँच बुँदे प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमाथि समान धारणा बनाएर अघि बढ्न विपक्षी दलहरुले अहिले बानेश्वरमा छलफल गरेका टन् । सत्ता पक्षीय दलहरुबाट सकारात्मक जवाफ नआएको अवस्थाम अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको माओवादीका नेता वर्षमान पुनले जानकारी दिए।
कांग्रेससँग हिमचिम बढेसँगै माओवादी सदन खुलाउन तयार भए पनि रास्वपा गृहमन्त्री लेखकलाई छानबिनको दायरामा ल्याउनै पर्ने पक्षमा उभिएको छ। यसले सत्तापक्षले भने यस पक्षमा सहमत हुन सकेको छैन । यसलेले गर्दा आजको बैठक पनि अन्योल छ ।
प्रतिक्रिया दिनुहोस्