नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित

काठमाडौं, २७ जेष्ठ। नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दफावर छलफलपछि सर्वसहमतीले पारित भएको हो । मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सर्वसम्मत रुपबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्