ग्राण्डी अस्पताल नजिकै टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

काठमाडौं,२७ जेठ । काठमाडौंको टोखामा गोली चलेको छ ।

काठमाडौं को ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा गोली चल्दा दुई जना प्रहरी समेत घाइते भएका छन् ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्