सगरमाथा जलविद्युत कम्पनीले शत प्रतिशत हकप्रद शेयर ल्याउन, धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं,२६ जेष्ठ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद ल्याउन अनुमति मागेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १७ लाख ३२ हजार कित्ता जारी गर्नेछ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्