जोशी हाइड्रोपावर लाई ६५%  हकप्रद शेयर जारी गर्ने बोर्डको अनुमति

काठमाडौं,२६ जेष्ठ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापुँजी १ः०।६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

कम्पनीको यस हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्