सान्भी इनर्जीको आइपिओ बाँडफाँट

काठमाडौं,२६ जेठ । सान्भी इनर्जीको आइपिओ आज बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन मात्र स्वीकृत भएको र ३ हजार ६७४ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रूपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।

त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्