एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
कठमाडौं,२६ जेष्ठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्