प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, २६ जेष्ठ। संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको छ। तर, विपक्षी दलहरुको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

ुसंसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ूसंघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ू पेस गर्ने कार्यसूची छ ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्