“प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२” हाललाई स्थगित

काठमाडौं, २५ जेष्ठ । २०८२ असार ५ देखि ७ गतेसम्म आयोजना गर्ने भनिएको ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव हाललाई स्थगित हुने भएको छ । “दलित समुदायको रैथाने सीप।कला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौं, हाम्रा अमूल्य राष्ट्रिय गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गरौं” भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भनिएको उक्त महोत्सव हाललाई स्थगित भएको कुरा महोत्सव मुलआयोजक समिति संयोजक मेघेन्द्र विश्वकर्माले बताए । प्राविधिक कारणले महोत्सव रोकिन पुगेको कुरा संयोजक विश्वकर्माले बताए ।

उक्त महोत्सव दलित अधिकारकर्मीहरुद्वारा नेतृत्व गरिएका राष्ट्रिय स्तरका दलित संघसंस्थाहरु दलित अधिकार तथा विकास केन्द्र नेपाल काठमाडौं, नेपाल बौद्धिक मञ्च ललितपुर, समावेशी फाउण्डेसन काठमाण्डौ, नेपाल उत्पीडित विकास केन्द्र महोत्तरी र नागरिक जागरण केन्द्र नेपाल काठमाडौंको पहलमा आयोजना गर्न लागिएको थियो ।उक्त महोत्सव उपयुक्त समयमा योजना गरिने महोत्सव मुलआयोजक समितिका सह–संयोजक जितेन्द्र पासवानले बता्रए ।

प्रतिक्रिया दिनुहोस्