नेपाल इन्स्योरेन्सले घटायो हकप्रद शेयरको आकार
काठमाडौं,२५ जेष्ठ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद शेयरको आकार घटाएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल इन्स्योरेन्सले हकप्रद शेयरको आकार घटाएको हो । धितोपत्र बोर्डले गत चैत १९ गते सम्म कम्पनीको ७६ औँ वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९१ रुपैयाँबराबरको बोनस शेयर पारित गरी चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ कायम भएकोले सोहीबमोजिम हकप्रद शेयर जारी गर्न निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०ः३.४७८३ अनुपातमा अर्थात ३४.७८३ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्न दिएको छ । अब कम्पनीले सोहीबमोजिम हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
यसअघि कम्पनीले हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
कम्पनीले हकप्रद शेयर जारी गर्न जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । यसको अर्थ जेठ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।
प्रतिक्रिया दिनुहोस्