सान्भि इनर्जीको आइपीओ सोमबार बाँडफाँट हुने
काठमाडौं,२३ जेष्ठ । सान्भि इनर्जीको आइपीओ जेठ २६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार जेठ २६ गते सोमबार सान्भि इनर्जीको आइपीओ बाँडफाँट हुने मिति तय भएको छ ।
सान्भिको आइपीओ आवेदकको संख्या बढि भएकाले सेयर पर्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १०।७१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्