माधव नेपाललाई भ्रष्टाचार मुद्दा लागेपछि एकीकृत समाजवादीको बैठक
काठमाडौं,२२ जेठ । नेकपा (एकीकृत समाजवादी) को बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि एकीकृत समाजवादीको बैठक बसेको हो ।
पतञ्जली योगपीठको हदबन्दी छुट पाएको जग्गा बेच्न दिने प्रकरणमा अख्तियारले यसअघि अध्यक्ष नेपालसँग बयान पनि लिएको थियो ।
अध्यक्ष नेपाल आज दिउँसो पार्टी कामको सिलसिलामा रौतहटमा थिए । उनी पार्टी कार्यक्रममै रहेका बेला आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा गर्दा गरेको थाहा पाएपछि उनी काठमाडौं फर्किएर पार्टी बैठक राखेका हुन्।
प्रतिक्रिया दिनुहोस्