माधव कुमार नेपाल बुद्ध एयरको विमानबाट काठमाडौं आउँदै

काठमाडौं,२२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आउँदै छन् ।

काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।

नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

पार्टी कामको सिलसिलामा रौतहट पुगेका बेला मुद्दा गरेकाले उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्