माधवकुमार नेपालको सांसद पद निलम्बन
काठमाडौं, २२ जेष्ठ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्