नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं,२२ जेष्ठ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।
नविल बैंकमा कामु सीईओ भूमिका निर्वाह गरेका ज्ञवालीलाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।
सञ्चालक समिति बैंठकले जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्