हकप्रद निष्काशनका लागि नेपाल इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति
काठमाडौं,२२ जेष्ठ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । इन्स्योरेन्सले जेठ ३० गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो ।
यहि जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० कित्ता साधारण शेयर बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्