वाईसीएल अध्यक्षमा आकांक्षीहरु, सम्भावना कसको बलियो छ त ?

काठमाडौं। २१ जेष्ठ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन सर्वसम्मत प्रयास जारी छ ।

आकांक्षी धेरै भएर सहमति नजुटेपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पालीलगायतका वाईसीएलका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन् ।

खुमलटार पुगेका नेताहरूलाई प्रचण्डले भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भनेको इन्चार्ज सापकोटाले बताए ।

उनले भने, ‘भएसम्म अध्यक्षबाट सर्वसम्मत नेतृत्व चयन गर्नुस् भन्नुभएको छ । सहमति नभए निर्वाचन हुन्छ । पार्टी नेतृत्वबाट कुनै हस्तक्षेप भएको छैन ।’

अहिलेसम्म आकाङ्क्षीमध्ये ४ जनाको नाम अग्र स्थानमा छ । केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐर आकांक्षी छन् ।

यसमध्ये यसअघि उपाध्यक्ष भएकाले कुँवरको नाममा सहमति बन्नसक्ने चर्चा छ, तर सापकोटाले अहिलेसम्म कसैको नाममा सहमति नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्