बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज आज

काठमाडौं,२१ जेष्ठ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर आज जेठ २१ गते बुधबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २२ गते अर्थात भोली बुक क्लोज गर्दैछ । आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद निष्कासनका लागि कम्पनीले आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्