सरकार चलाउनमा मात्रै मस्त भएर कांग्रेस–एमालेले वाचा बिर्सिएः गगन थापा
काठमाडौं, २० जेष्ठ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि र पछिको गठबन्धन नचलेको बताएका छन् । बाँकेमा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पाँच वर्ष सरकार टिक्ने बाटो खोज्नुपर्ने बताए ।
उनले भने, ‘समावेशी पनि हुनुपर्यो सँगसँगै एउटा पार्टीले बहुमत ल्याउने अवस्था पनि बनाउनुपर्यो। त्यसको लागि संविधान संशोधन गर्नुपर्यो । ७ बुँदामा कांग्रेस र एमालेले संविधान संशोधन गर्छौँ भनेर बाचा गर्यौँ । तर, हामी हाम्रो वाचा पूरा गरिरहेका छैनौँ । कांग्रेस र एमाले सरकार चलाउनमा यतिसम्म मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा नै बिर्सियौँ । यो अलमलबाट बाहिर निस्किएर कांग्रेस एमालेले ७ बुँदाअनुरूप संविधान संशोधनका निम्ति तत्काल काम गर्नुपर्नेछ । र नागरिकलाई भरोसा बनाउनुपर्छ ।’
उनले अहिले गठबन्धन भत्काउने भनेर प्रचण्ड हातमा हँसिया हथौडा बोकेर हिँडेको टिप्पणी गरे । उनले सानो पार्टी सानो ठाउँमा नै बस्नुपर्ने तर्क गरे ।
संघीयता फाल्ने नभई खर्च घटाउनतिर लाग्नुपर्ने भन्दै संघमा यति धेरै सांसद र मन्त्री नचाहिने थापाले बताए बताए । संघमा १०, प्रदेशमा ३ मन्त्री भए पुग्ने भन्दै उपराष्ट्रपति, उपसभामुखलगायतका पद पनि अनावश्यक भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्