निलम्बित पाण्डेको ठाउँमा महानगर प्रहरी प्रमुखको जिम्मेवारीमा आए विष्णु प्रसाद जोशी
काठमाडौं, २० जेष्ठ। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् ।
राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रुपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्