संसदको गतिरोध अन्त्य गर्न प्रमुख चार दलसंँग संयुक्त छलफलमा सभामुख घिमिरे
काठमाडौं, २० जेष्ठ। सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । यसअघि उनले छुट्टाछुट्टै पनि छलफल गरेका थिए ।
गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्