रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार २ गते वार्षिक साधारण गर्ने
काठमाडौं,२० जेष्ठ । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले वार्षिक साधारण सभा गर्ने भएको छ । आगामी असार २ गते इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा गर्ने भएको हो । सभा, आम्रपाली ब्यांक्वेट ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारण सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको हो ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि इन्सुरेन्सले जेठ २६ गते बुक क्लोज गर्ने भएको छ । जेठ २५ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभान्स प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्