सुर्तीजन्य पदार्थ रोकथापका लागि पहुँच कम गर्नुपर्छ:  स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं, १७ जेष्ठ । स्वास्थ तथा जनसख्या मन्त्री प्रदिप पौडेलले सुर्तीजन्य पदार्थ रोकथापका लागि पहुँच कम र जनचेतना फैलाउन आबश्यक भएको बताएका छन् ।

विश्व सुर्तीजन्य पदार्थ रहित अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा पत्रकार अन्तरक्रिया कार्याक्रममा बोल्दै मन्त्री पोडैलले सुर्तीजन्य तथा निकोटिन उद्योगहरूले भ्रामक विज्ञापन र आकर्षक डिजिटल मिडिया र सामाजिक सञ्जालमार्फत युवाहरूलाई लक्षित गर्दै भ्रामक विज्ञापन गरेकोले यसलाई नियन्त्रण आवश्यक भएको बताए ।
उनले सुर्तीजन्य तथा निकोटिन उद्योगहरू आफ्ना उत्पादनहरू वयस्कहरूलाई लक्षित गरि गुलियो स्वाद, चम्किलो रङ, कार्टुन पात्र, आकर्षक डिजाइन, खेलौना जस्तो प्याकेजिङ प्रयोग गरिएकोले यसलाई प्रतिबन्ध सँगै जनचेतना फैलाउन आवश्यक भएको उनको तर्क छ ।

उनले सुर्तिजनय पदार्थ उपभोक्ता घटाउनु पर्छ, निरोगी नेपाल घोषणा गर्नु पर्छ भन्ने भनाईलाई आत्मसमथ गर्नुपर्ने बताए । उत्पादनकर्ताहरुले आफ्नो नाफाको लागि हाम्रा बच्चाहरूलाई लक्षित गरिरहेको बताउँदै रोगको पहिचान रोकथाम नै उपयुक्त विकल्प भएकाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सािचव विकास देवकोटाले सुर्तीजन्य उद्योगहरूले आफ्ना उत्पादनलाई आकर्षक बनाउन उद्योगहरूले सुर्तीजन्य उत्पादनहरूमा विभिन्न स्वाद र सुगन्ध थपेर युवाहरूलाई आकर्षित गर्ने गरेकोले यस भ्रामक तथ्यलाई चिर्न आवश्यक रहेको बताए ।

उद्योगहरूले सुर्तीजन्य पदार्थका उत्पादनको प्याकेजिङ्गलाई चम्किलो र आकर्षक बनाई विशेषगरि केटाकेटि, किशोर किशोरी र युवावर्गलाई लोभ्याउने र सुर्तीजन्य पदार्थ प्रयोगको दुष्चक्रमा फसाइ सदाका लागि आफ्नो ग्राहक बनाउन चाहेकाले यो दुष्चक्रबाट युवा तथा केटाकेछीहरुलाई बचाउनु पर्नेमा जोड दिए ।

हरेक वर्ष झैँ मे ३१ मा विश्वभरी नै ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मनाइदै आएको छ ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अन्तर्राष्ट्रिय नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चालस प्राणघातक असर चिरौं यो मोहजाल’ भन्ने रहेको छ ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्