‘ऊनको स्वीटर’को अहिलेसम्म कति कमायो ?
काठमाडौं,१६ जेष्ठ । फिल्म “ऊनको स्वीटर” ले तेस्रो सातासम्म देशभरका सिनमा हलबाट १० करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ ।
निर्माण टिम आर्टमान्डूले फिल्मको पछिल्लो आँकडा सार्वजनिक गरेको हो ।
चौथो सातामा प्रवेश गरेको फिल्मले अहिलेसम्म देशभर एक सयभन्दा बढी शो पाएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, माओत्से गुरुङ, भावना खपाङ्गी मगर र सुनिल पोखरेल लगायतको अभिनय रहेको छ ।
क्यूएफएक्स चेनले यस फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको छ । ऊनको स्वीटर एक अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो । यस फिल्मलाई पूर्वि नेपालको पाँचथर र इलामका सुन्दर भूगोलहरूमा छायाँकन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्