जुनियर यु–१४ विद्यालय खेलकुद प्रतियोगिता जेठ २२ देखि

काठमाडौं, १६ जेष्ठ । राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद यही जेठ २२ गते देखि २६ गते सम्म काठमाण्डौमा सन्चालन गर्ने भएको छ । बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य अन्जना प्रधानले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुने छन । सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन गरिने शर्माले जानकारी दिएका छन् ।

एथलेटिक्सको ट्याक तर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४x१०० मिटर रिले दौड र लङजम्पमा प्रतिष्पर्दा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डवल्सका प्रतिष्पर्दा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् । यस्तै बास्केटबल छात्र/छात्र ३x३ र रग्वीको छात्र/छात्राका प्रतियोगिता हुने छन् ।

प्रतिक्रिया दिनुहोस्