माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु
काठमाडौं,१६ जेठ । नागार्जुनमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका–६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा प्र–१–००२ ज ७०५७ नम्बरको ईभी माइक्रोबाट खसेर एक महिलाको मृत्यु भएको हो ।
मत्यु हुनेमा नागार्जुन नगरपालिका–रामकोट बस्ने उदयपुर कटारी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कोपिला परियार छिन् । उनको आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्