माओवादीको पदाधिकारी बैठकले गर्यो यी निर्णय
काठमाडौं,१६ जेष्ठ । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्न पक्षमा पार्टीको अडान कायमै रहेको बताएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्न अडानमै पार्टी रहेको निर्णय गरिएको प्रवक्ता अग्नी सापकोटाले बताए ।
संसदमा बजेट प्रस्तुत गर्न मात्रै दिएका हौं । गृहमन्त्रीले राजीनामा दिनुपर्ने यसअघिको निर्णय कायमै छ, सापकोटाले भने ।
आजको बैठकले माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान पुनः जेठ २१ गतेदेखि सुरू गर्ने निर्णय गरेको छ । यसअघि पोखरा पुगेर स्थगित भएको अभियान निरन्तरता दिने प्रवक्ता सापकोटाले बताए ।
बैठकले माओवादी केन्द्रसँग एकीकरण गरेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरुको जिम्मेवारीबारे छलफल भएको सापकोटाले बताए । साथै पार्टीको अन्य मोर्चा, जनवर्गीय संगठनहरूबारे पनि छलफल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्