सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं, १६ जेष्ठ । पछिल्लो राजनीतिक अवस्था र संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् ।

सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र संसदको आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ। यसले । निकास र सहमती हुन सकेमा सदन सहज रुपमा सञ्चालन र बजेट माथिको छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्