सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन, वृद्ध भत्ताको उमेर यथावत
काठमाडौं, १५ जेष्ठ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले घोषणा गरे ।
साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उनले बताए । तर, उनले वृद्ध भत्ताको उमेर बढाउने बारेमा कुनै घोषणा गरेका छैनन् । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्