प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइहरु जेठ २३ बाट बिक्री खुला गरिने
काठमाडौं,१५ जेष्ठ । प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइ जेठ २३ गतेदेखि बिक्री खुला गरिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ । १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ जारी गरिने भएको हो ।
कुल इकाइमध्ये ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ । सर्वसाधारणमा २ करोड ५० लाख इकाइ बिक्री गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो शेयरबाट पनि खरिद आवेदन दिन सकिनेछ ।
यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा जेठ २७ गते हुनेछ । यो अवधिभित्र सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा असार ६ गते संचालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्