राप्रपाले २ सांसदलाई संसद् पठाउने, बाँकी प्रदर्शनमा उतार्ने

काठमाडौं,१५ जेठ । संघीय संसद्‌मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी का दुई सांसद मात्रै उपस्थित हुने भएका छन् ।

राप्रपाका बाँकी सांसदहरू राजसंस्था पुनस्र्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् । राप्रपाका प्रतिनिधिसभामा रहेका १४ सांसदमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्रै आजको संसद् बैठमा उपस्थित हुने छन् ।

राप्रपाका प्रतिनिधिसभामा  १४ जना सांसद छन् उनीहरूमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्मी मात्र आजको संघीय संसद्को संयुक्त बैठकमा उपस्थित हुने, प्रवक्ता श्रेष्ठले बताए भने, बाँकी सांसदहरू प्रदर्शनमा सहभागी हुनुहुनेछ ।

राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी र संघसंगठनले बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट सुरु हुने विरोध र्‍यालीको नेतृत्व गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्