टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी छन् ।

तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।

विक्रम संवत २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्