नेपालमा पहिलो पटक फिल्ड इपिडोमोलोजी सम्मेलन हुँदै

काठमाडौं, १४ जेष्ठ । नेपालमा पहिलो पटक फिल्ड इपिडोमोलोजी सम्मेलन हुने भएको छ । राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाकोका आयोजनामा आगामी असार १२ देखि १३ सम्म दुई दिन सम्मेलन हुनेछ ।

मंगलवार इपिडोमोलोजी महाशाखाले पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिएको हो ।
सम्मेलनमा देशभरिका फिल्ड इपिडिमोलोजिष्टहरुले आफ्नो अध्ययन र अनुसन्धानको विषयहरू प्रस्तुत हुनेछ । महाशाखाका अनुसार कुनै पनि रोगको बिषयमा फिल्डमै पुगेर खोज अनुसन्धान गरी रोगको अध्ययन र रोगको प्रकृति र महामारी नियन्त्रणको उपाय खोज्ने विशेषज्ञलाई फिल्ड इपिडियोमोलोजिष्ट भएको यस सम्मेलनले त्यलाई बढाव दिने भएको छ ।

नेपालमा विभिन्न रोगहरुको बढ्दो संक्रामक रोग र नसर्ने रोगको प्रवृत्तिमा परिवर्तन हुँदै गएको र महामारी रुपमा रोगको मौसम आइरहेको सन्दर्भमा यो सम्मेलनको औचित्य र आवश्यकता महत्पूर्ण भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रबल झाले बताए।

सो सम्मेलनमा १ सय ५० देखि २ सय जना विशेषज्ञहरू सहभागी हुनेछन । सहभागी हुनेहरूमा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू, प्रकोप महामारीमा खटिने कर्मचारीहरू, शैक्षिक निजी तथा अनुसन्धान संस्थाहरू,जनस्वास्थ्य विज्ञ, सञ्चार माध्यमका प्रतिनिधिहरू, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका विकास साझेदार संस्थाको प्रतिनिधिहरु ,स्थानीय, प्रदेश र संघ सरकारले पनि सहभागि हुने छन् ।

सम्मेलनमा फिल्ड इपिडोमोलोजीष्टहरुले आफुले प्रस्तुत गर्ने पोस्टर आयोजकलाई मे ३१ गतेभित्र बुझाइसक्नु पर्नेछ । बुझाइको पोस्टरको स्वीकृति १० जुनभित्र हुनेछ । अन्य जानकारीको लागि सम्मेलनको वेबसाइट‘कन्फुरेन्स डट इडियु डट जिओभी डट एनपीमा हेर्न सकिने व्यवस्था गरिएको इपिडोमोलोजी महाशाखाले जनाएको छ ।

प्रस्तुतिहरू निम्न बिषयमा आधारित रहेर हुनु पर्ने जनाइएको छ । जसमा एक स्वास्थ्य दृष्टिकोण अन्तर्गत संक्रामक रोग इपिडोमोलोजी, निगरानी प्रकोप, अनुसन्धान र तत्कालीन प्रतिक्रिया , जोखिम सञ्चार र समुदाय संलग्नता, प्रकोपपछिको मूल्याकंन र नीतिगत हस्तक्षेप र स्वास्थ्य आपतकालिन अवस्थाको सन्दर्भमा विपद् व्यवस्थापन रहेका छन् ।

सम्मेलनको क्रममा आउँदो र भइरहेका संक्रामक तथा नयाँ रोगहरूको स्थिति, प्रवृत्ति र त्यसको नियन्त्रणको लागि अपनाइने उपाय समेत आपसमा साटासाट इपिडोमोलोजीले महाशाखाले जनाएको छ । जसमा जलवायु परिवर्तनको असरले निम्ताएका रोगहरूको खोजी तथा व्यवस्थापनको बारेमा पनि चर्चा हुने निर्देशक झाले बताए ।

निर्देशक झाले सम्मेलनबाट रोग नियन्त्रणको लागि उत्कृष्ट अभ्यास र नविन विधिहरूको राम्रो बुझाइ, नेपालमा भएको प्रकोप अनुसन्धान तथा प्रतिक्रिया सम्बन्धी तथ्यहरू, सरोकारवालाहरू बिच सहकार्य र सञ्जाल सुदृढीकरण हुने अपेक्षा लिइएको छ । हाल आएको नविनतम प्रविधिहरुको प्रयोग गर्दै महामारीको रुपमा पैलन रोगलाई नियन्णका लागि सबै उपायहरु अपनाई बताए । सर्ने रोग भन्दा नसर्ने रोग महामहारीको रपमो आएको अवस्थालाई पनि इपिडोमोलोजी महाशाखाले अध्ययन र अनुसन्धान गरि रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्