राजनीतिक सुझबुझ देखाउँछौँ, बजेट रोक्दैनौँः रास्वपा प्रवक्ता
काठमाडौं, १४ जेष्ठ। गृहमन्त्रीको राजीनामाको अडानमा रहेको रास्वपाले भोलि बजेट भने नरोक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले संसद् भवनबाहिर सञ्चारकर्मीमाझ बजेट भने नरोक्ने बताए ।
उनले भने, ‘प्रश्न उठेपछि त्यही सदस्यले जवाफ दिँदैन । त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । जवाफ दिनुपर्छ । उहाँहरूले हामीलाई यो कुरा माग राख्न पाउनुहुन्न भन्न मिल्दैन । भोलि राजनीतिक रूपमा संवैधानिक प्रक्रिया हो बजेट त्यसलाई हामी रोक्दैनौँ । त्यति राजनीतिक सुझबुझ हामी देखाउँछौँ ।’
उनले बजेट नरोकेर आफूहरू राजनीतिक संस्कार देखाउने बताए ।
प्रतिक्रिया दिनुहोस्