प्रतिनिधिसभाको बैठक आज पनि आधा घण्टालाई स्थगित
काठमाडौं,१४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । अध्यागमन कार्यालयमा भएको भ्रष्टाचारमा गृहमन्त्रीको संलग्नताको विषयलाई लिएर विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् । विपक्षी सांसदहरुले स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।
संसदमा विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक तीस मिनटको लागिका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्