फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,१४ जेष्ठ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा गर्ने भएको छ । संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

संस्थाको शेयर मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

लघुवित्तले तोकेको उक्त समयमा पनि सो शेयर बिक्री नभएमा अन्य व्यक्ति वा संस्थाका लागि सो शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्